मुख्यमन्त्रीको नियुक्ति खारेजी माग गर्दै कलैयामा सात दलको प्रदर्शन

साझेदारी दैनिक
285 पाठक संख्या

कलैया : मधेस प्रदेशको मुख्यमन्त्रीको नियुक्ति खारेजी गर्न माग गर्दै सात दलले आइतबार बाराको कलैयामा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

सदरमुकाम कलैयास्थित मुख्य भरत चोकमा सात दलहरूले असंवैधानिक रुपमा नियुक्ती गरिएका मुख्यमन्त्रीको खारेजी गर्न माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रर्दशनकारीहरुले प्रदर्शनका क्रममा “संविधान विरोधी मधेस प्रदेशमा सभामुख राजिनामा दे,असंवैधानिक नियुक्ति खारेज गर,कानुनी राज्य कायम गर,गैर कानुनी रुपमा गरिएको मुख्यमन्त्रीको नियुक्ति खारेज गर,७ दलिय गठबन्धन जिन्दावाद,सर्वोच्च अदालत न्याय दे “ जस्ता नाराबाजी गरेका थिए । मधेस प्रदेशको मुख्यमन्त्री असंवैधानिक नियुक्त गरिएको दलहरूले आरोप लगाएका छन्।

सो प्रदर्शनमा जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेल,संविधान सभा सदस्य प्रमोद गुप्ता,लोसपा पार्टीका नवलकिशोर सिंह,जसपा पार्टीका केन्द्रिय सदस्य रामकिशोर यादव ,अरुण सिंह लगायत ७ दलका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Leave a review

This will close in 0 seconds