कलैया । नेपाल विद्युत प्राधिकरण वितरण शाखा कलैयाले आज विहान तीन घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ। कलैया सब स्टेशनमा लाईन मर्मत कार्य गर्नुपर्ने भएकोले विहान ७ बजेदेखि १० बजेसम्म यस वितरण केन्द्रअन्तर्गतको ईनर्वासिरा फिडर बन्द रहने उसले सूचनामा उल्लेख गरेको छ।
उक्त अवधिमा सो फिडरमा पर्ने सुराही, बञ्जरिया, ईनर्वासिरा, बलुवा, बसडिल्वा, बेलहिया, प्रस्टोका, सिसहनिया गाउँ, पतौरा, मटिअर्वा, फेटा, बत्तरा लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने छ।
लाईन मर्मत कार्य चाडै सम्पन्न भएमा समय अगावै लाईन सुचारु गरिनेछ। यस असहज परिस्थितिबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र क्षमाप्रार्थी रहेको सूचनामा उल्लेख छ ।


