बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोलिबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिकामा अहिले पनि अवस्था तनाव ग्रस्त रहेको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म पहिचान नखुलेको प्रहरी स्रोतले जनाएको छ ।
नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले दर्जनौं हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद भएको थियो ।

