कलैया : बारा ट्रेनिङ्ग एण्ड सर्वे सेन्टरको आयोजना तथा वडा नम्बर ३ को वडा स्तरीय दुई दिवसीय बाल अधिकार सम्बन्धी जनचेतनामुलक कार्यक्रम बाराको देवताल गाउँपालिका वडा नम्बर ३ बडकी आम्वामा रहेको श्री इन्द्रदेव माध्यमिक बिद्यालयमा सुरु भएको छ।
उक्त दुई दिवसीय बाल अधिकार सम्बन्धी जनचेतनामुलक कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो। वडा नम्बर ३ का वडा अध्यक्ष रामकिशोर कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि एवम् देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय रहेका थिए।
प्रमुख अतिथि रायले गाउँपालिकाले बालअधिकार सम्बन्धी कार्यविधि पास गरेको र सो सम्बन्धि समिति गठन गरेको र परिचालन गर्ने कानुन एक हप्ता अगाडि पास गरेको भएको उनले बताए। विभिन्न वडा र पालिका स्तरमा समिति गठन गरि छिटै कार्यान्वयन हुने समेत उनले बताएका हुन्।
जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत महिला,बालबालिका तथा जेष्ठ नागरिकका प्रहरी सहायक निरीक्षक सरु अधिकारी र मिना चौधरीले सहजीकरण गरेका हुन्। उनीहरुले बाल अधिकारको परिचय, संविधान तथा कानुनी व्यवस्था, बाल दुव्र्यवहार र हिंसा, बाल संरक्षण संयन्त्र, बालमैत्री व्यवहार, बाल सहभागिता, उजुरी प्रक्रिया तथा व्यवहारिक अभ्यास सम्बन्धी प्रशिक्षण दिएकी हुन्।
उक्त कार्यक्रममा गाउँपालिकाका लेखा प्रमुख मनिष कुमार कलवार,विद्यालयका प्रधानाध्यापक भुनेश्वर प्रसाद यादव,समाजसेवी नवलकिशोर यादव,महिला सेलका प्रहरी वरिष्ठ हवल्दार प्रेम कुमारी लगायतका सहभागिता थियो। बिद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का ६० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममा स्वागत सुनिता साहको थियो। कार्यक्रमको सञ्चालन मानिकचन साहले गरेका थिए।


