बाराको औराहा सिमरा भित्रि सड्क खण्डमा टिपरले मोटरसाईलमा सवार एक महिलालाई किचेको छ ।
प्र २० ३००१ ख ५०९२ नम्बरको माटो बोकेको ट्रिपरले प्र.२.०३ ००४ प ७९०२ नम्बरको मोटरसाईकललाई किचेको हो ।
मोटरसाइकल पछाडी बसेकी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ बस्ने ४० बर्षिय कृष्णमाया तामाङ्गलाई टिपरले किचेको हो ।
मोटरसाईकल चालक मृतकका श्रीमान ५० बर्षिय श्याम तमाङ्ग र उनीसँगै बसेकी ८ बर्षिय नातिनी प्रिंयका अधिकारी सामान्य घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीका अनुसार ट्रिपर चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं.१४ बस्ने बर्ष ३० का प्रदिप शिवभक्तिलाई नियन्त्रणमा लिइएको छ ।
दुबै टिपर र मोटरसाईकल एउटै दिशाबाट सिमरातर्फबाट औराहातिर जाँदै थिए ।

