हरि खेतान क्याम्पसका प्रमुख भगवान यादवलाई दिइयो अनिवार्य अवकाश

साझेदारी दैनिक
598 पाठक संख्या

मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जमा रहेको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा भगवान यादवलाई अवकाश दिइएको छ ।

क्याम्पसले उनलाई उमेर हदका कारण अनिवार्य अवकाश दिएको हो ।क्याम्पसका अध्यक्ष प्रेमप्रकाश खेतानका अनुसार सूचना अनुसार क्याम्पसको संशोधित विधान २०७८ २०८० को दफा ४२ बमोजिम उमेर हदका कारण अनिवार्य अवकाश दिइएको हो ।

क्याम्पसको निमित प्रमुखमा सोही क्याम्पसका किशोरी रायलाई जिम्मा दिइएको छ ।राय क्याम्पसकै सहायक प्रमुखमा थिए ।

यादवलाई अनिवार्य अवकाश दिइएको तथा रायलाई निम्ति क्याम्पस प्रमुखको जिम्मा दिइएको पत्र दिइएको छ । सो पत्रको बोदार्थ त्रिभुवन विश्वविद्यालय योजना निर्देशानलय, विश्वविद्यालय अनुदान आयोग,जिल्ला प्रशासन कार्यालय पर्सा वीरगञ्ज,प्रमुख जिल्ला अधिकारी पर्सा वीरगञ्ज,राष्ट्रिय बाणिज्य बैंक पर्सा वीरगञ्ज,हरि खेतान बहुमुखी क्याम्पस पर्सा वीरगंजलाई दिइएको छ ।

पछिल्लो समय अध्ययन अध्यापनमा हरिखेतान क्याम्पसले यस क्षेत्रमा नाम कमाएको छ ।

Leave a review

This will close in 0 seconds