द सहारा लोन सेविंग्स को–ऑपरेटिभ सोसाईटीको वार्षिक साधारण सभाको लागि कलैयामा छलफल

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 321 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

द सहारा लोन सेविंग्स को–ऑपरेटिभ सोसाईटी लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्बन्धी छलफल कार्यक्रम कलैयामा सोमबार सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर १ स्थित एभरेष्ट लजको सभाहलमा छलफल कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पानसमा बत्ती बाली सभाको उद्घाटन गरेका थिए । उनले यो संस्था मधेश प्रदेशकै नमूना सहकारी रहेको बताए ।

सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेपनि मधेश प्रदेशको अधिकांश जिल्लामा आफना शाखाहरु विस्तार गरेकोमा उनले संस्थाको प्रशंसा गरे । उनले गरीब,दलितहरुको पहुँच सम्म सेवा पु¥याउन सफल भएको यो सहकारीले हरेक तह तप्काका मानिसलाई समेटन सफल भएको उनले जनाए । यस संस्थाको सेवा केन्द्र महागढीमाईको बरियारपुरमा शाखा खोल्न आग्रह गरे ।

बारा जिल्लामा यो सहकारी संस्थाको तीन हजार भन्दा बढी शेयरधनीहरु रहेका छन् । यसले कोरोना जस्तो महामारीको समयमा समेत आफ्ना सदस्यहरुलाई सहयोग गर्दै आएको थियो ।
अहिले देशमा आर्थिक संकटको कारण लगाइएको ऋणको उठाउन समेत गाह्रो रहेको अवस्थामा पनि जनताको माझमा रहेर ऋण लगाउनु र बचत गर्न लगाउनु सराहनीय कुरा रहेको उनले जनाए । विना धितो ऋण लगानी गर्नु सहज कुरो नरहेको जनाउदै चर्को ब्याजको कारण सर्वसाधारणहरुले ऋण पाउन गाह्रो भएको उनले बताए ।

संस्थाले समाजमा लगानी गरेर जनताहरुको आर्थिक माँगलाई धान्दै आएको उनले बताए । सहकारी अगाडी बढे समाज अगाडी बढछ उनले भने ।

ऋण लिनलाई न डराउनु दिनलाई डराउनु पर्छ उनले भने ।

सो कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास ,नेपाली कांग्रेस मधेस प्रदेश सूचना सन्चार तथा प्रचारप्रसार समिति बाराका विभागीय सदस्य सिकेन्द्र पासवान,पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता,ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका सुषमा बहन,उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह लगायतकाले सम्बोधन गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०७९÷८० मा उत्कृष्ट बचत कर्ता र नियमित रुपमा ऋणको कारोवार गर्ने कलैया उपमहानगरपालिका–६ मा बस्ने कुशली देवी कनुईनलाई सम्मानपत्रद्रारा सम्मान गरेको थियोे ।

सेवा केन्द्र कलैया बारा शाखालाई सक्रिय रुपमा योगदान पु¥याउने सिनियर फिल्ड औफिसर इन्दाज अन्सारीलाई सम्मानपत्र द्रारा सम्मान गरिएको थियोे ।

संस्थाले आर्थिक वर्ष २०७९÷०८० असाढ़ मसान्त सम्ममा कुल व्याज आम्दानी नाफा ७० लाख २३ हजार ५ सय ७९ रुपैया १० पैसा गरेको छ ।

संस्थाले आर्थिक वर्षको अन्त सम्ममा २७ करोड पैसा ऋण लगानी गरेको छ । संस्थाको कूल निक्षेप १९ करोड रहेको छ ।

उक्त कार्यक्रममा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका मिना बहन,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ,सुषमा खुलाल थापा,शान्ता लामिछाने,सहकारी संस्थाका शेयर सदस्य,समाजसेवी,बुद्धिजीवी तथा संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

संस्थाका संचालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सृजना कोइरालाले गरेकी थिइन् । सो कार्यक्रमको सन्चालन जयनारायण यादवले गरेका थिए ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review