एक पालिका,एक उत्कृष्ट शिक्षक’ पुरस्कार’ वितरण गरिने

रञ्जन यादव
351 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाले ‘एक पालिका, एक उत्कृष्ट शिक्षक’ पुरस्कार’ कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्रका शिक्षकहरुबाट आवेदन माग गरेको छ ।

जस अन्तर्गत ३ जना स्थायी शिक्षक छनोट गरी मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय सिफारिस गर्नुपर्ने हुन्छ ।उपमहानगरपालिकाले असार ६ गते सम्म आवेदन दिन अनुरोध गरेको छ ।

मधेश प्रदेश सरकारको यस कार्यक्रमले शिक्षण पेशाप्रति सम्मान प्रकट गर्नुका साथै शिक्षकहरुलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ । मन्त्रालयले सिफारिस पाउने शिक्षकहरूलाई विशेष सम्मान स्वरूप पुरस्कृत गर्ने जनाएको छ ।

मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशभरको एक सय ३६ वटै स्थानीय तहका एक उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न लागेको छ ।

‘एक पालिका, एक उत्कृष्ट शिक्षक’ पुरस्कार’ कार्यक्रम अन्तर्गत मन्त्रालयले सात दिनभित्र योग्य शिक्षकको सिफारिस गर्न स्थानीय तहलाई पत्राचार समेत गरेको छ ।

आर्थिक वर्ष २०८१।०८२ को योजना अनुसार मन्त्रीस्तरबाट भएको निर्णयका आधारमा मन्त्रालयले असार २ गते सबै पालिकाहरुलाई पत्राचार गर्दै उक्त सिफारिसको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो । सिफारिसका लागि शिक्षण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्थायी शिक्षकहरूलाई छनोट गर्न भनिएको छ ।

शिक्षक छनोटका लागि शिक्षकले अध्यापन गरेको तह र विषय अनुसार सबैभन्दा माथिल्लो कक्षाका विद्यर्थीको अन्तिम परीक्षाको नतिजा,शैक्षिक सत्र २०८१ मा विद्यालयमा शिक्षकको उपस्थित दिन, अध्यापन गरेको विषयमा गरिएको अनुसन्धान प्रतिवेदन,सेवा अवधि, शिक्षण कार्यबाहक लिएको अतिरिक्त जिम्मेवारी र समुदाय,अभिभावक,विद्यालय परिवार तथा विद्यार्थीसँगको सम्बन्धलाई मापदण्ड बनाइएको छ ।

Leave a review