बिल बिजक भन्दा बढीको प्याज रहेको पिकअप नियन्त्रणमा

साझेदारी दैनिक
310 पाठक संख्या

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी प्याज लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डबाट सो पिक अपलाई नियन्त्रणमा लिएको हो ।

ना.४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई रोकी जाँच गरेको थियो ।चेकजाँचको क्रममा पिकअपमा लोड रहेको एक लाख ४७ हजार ७५० मुल्य बराबरको प्याज नियन्त्रणमा लिइएको हो ।

पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापा अनुसार नियन्त्रणमा लिइएको प्याजसहित पिकअपलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको छ ।

Leave a review