Sajhedari Daily
Latest News from Nepal

निजगढमा बिहिबारदेखि आलोपालो प्रणालीमा व्यवसाय संचालन हुने

Top Aside Banner

नवराज चौलागाईं,/
लकडाउनलाई खुकुलो पार्दै निजगढमा बिहिबारदेखि आलोपालो प्रणालीमा व्यापार व्यावसाय सञ्चालन गरिने भएको छ ।

लकडाउनका कारण व्यापार व्यवसाय चौपट हुन थालेपछि त्यसलाई व्यवस्थित पार्नका लागि आलोपालो प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न जिल्ला प्रशाासन कार्यालय बाराले सुचना जारि गरेपछि निजगढ नगरपालिकाको कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समितिको बैठकले व्यवसाय संचालन गर्नका लागी व्यवस्था मिलाएको हो ।

बुधबार बसेको बैठकले जेठ २२ गते बिहिबारदेखि लागु हुनेगरी व्यवसाय सञ्चालन गर्न आलोपालो समय तालिका तोकेको निजगढ नगरपालिकाका मेयर तथा कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका संयोजक सुरेश कुमार खनालले बताउनुभयो ।

लकडाउनमा व्यापार व्यावसाय बन्द हुँदा व्यापारीहरुले नोक्सानी व्यहोर्नुका साथै उपभोक्तालाई पनि कठिनाइ भएकोले आलोपालो गरेर व्यवसाय गर्न दिईने व्यवस्था गरिएको मेयर खनालले बताउनुभयो । व्यवसाय सञ्चालन गर्दा व्यक्ति व्यक्तिहरुबीच पर्याप्त दुरी भने अनिवार्य कायम गर्नुपर्ने उहाले बताउनुभयो ।

समितिले आइतबार,मंगलबार,बिहिबार र शनिबार बिहान ११ बजेदेखी अपरान्ह ३ बजेसम्म किराना पसल,खाध्यान्न,हार्डवेयर,ईलेकट्रीक,ईलेक्ट्रोनिक्स,मेशिनरी पार्टपुर्जा,ग्रिल उधाेेग र पुस्तक पसल खोल्ने, सोमबार, बुधबार र शुक्रबार रेडिमेडकपडा,कस्मेटिक,जुत्ता,चप्पल,साईकल,मोटरसाइकल,सुनचाँदी,भाँडाका पसलहरु र फोटो स्टुडियो संचालन गर्न पाईने निर्णय गरेकोछ ।

माछामाशु,अण्डा,औषधि पसल,हरियो तरकारी तथा फलफुल,दुग्ध र होमाडेलीभरि मार्फत होटेल तथा रेस्टुरेन्ट दैनिक रुपमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन गर्न पाईने छ।

समितिले जारि गरेको नियम उल्लङ्घन गरेमा पहिलो पटककोलागी १ हजार,दोश्रो पटककोलागी २ हजार र तेश्रो पटककोलागी ३ हजार रुपैंया जरिवाना गर्ने समेत समितिले निर्णय गरेकोछ ।

बैठकले खाद्यान्न तथा तरकारी एकै पसलमा संचालन गर्न नपाइने र खाध्यान्न तथा किराना पसल बिक्रेताहरुले तरकारी बेच्न छुट्टै स्थानको व्यवस्था मिलाउनुपर्ने बैठकले निर्णय गरेको छ ।