जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जितपुर र परवानीपुर बाराबाट खटिएको बिशेष प्रहरी टोलीले विल विजक नभएको सामान बरामद गरेको छ ।
प्रहरीले गाडीलाई जाँच गर्दाअबैध भन्सार छलीका ९५ हजार छ सय ५० रूपैयाँ बराबरका सामानहरू बरामद गरेको छ । बरामद सामानलाई आवश्यक कानूनी प्रकृया पुरा गर्न अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७जितपुर
प्र.२–०३–००१ ख ०१५९ न.को यात्रुबाहक (गन्तव्य तर्फ गएको) बसबाट १२० के.जि. प्याज बरामद गरेको छ ।
सो प्याजको बजार मूल्यकरिब १२ हजार रहेको छ । चार हजार आठ सय रुपैयाँ बराबरको २४ पोका पानिपुरी बरामद गरेको छ । २० किलो दुई हजार बराबरको हरियो मटर २०किलो प्रहरीले बरामद गरेको छ ।
तीन हजार बराबरको सुपारी ३० पोका प्रहरीले बरामद गरेको छ । प्रहरीले विभिन्न किसिमका मिठाई,चकलेटहरू अन्दाजी मूल्य बराबरको सात हजार आठ सय ५० रुपैयाँ बराबरको सामाग्री बरामद गरेको हो ।
बारा परवानिपुर गाँउपालिका वडा नं.४ बाट वीरगञ्जबाट हेटौडा जादै गरेको यात्रु बाहक बसबाट २० हजार बराबरको कुरता सुरुवाल प्रहरीले बरामद गरेको छ ।
पाँच हजार पाँच सय रुपैयाँ बराबरको लेडिज साडी आठ थान प्रहरीले बरामद गरेको छ । उनीको कपडा १५ हजार बराबरको तीन थान प्रहरीले बरामद गरेको छ ।
चार हजार पाँच सय रुपैयाँ बराबरको जरजट कपडा एक थान प्रहरीले बरामद गरेको हो । २१ हजार रुपैयाँ बराबरको लहङगा सात थान प्रहरीले बरामद गरेको हो ।

