३ किलो लागू औषध गाँजा सहित एक जना पक्राउ

संदिप प्रसाद यादव
421 पाठक संख्या

बारा प्रहरीले ३ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा आइतबार राती ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले घरमा लुकाई छिपाई राखेको ३ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नमसगरा ढाट बस्ने अन्दाजी ५५ वर्षीय प्रमा मुखिया विन रहेको प्रहरीले जनाएको छ ।

लागू औषध गाँजा बरामद गरी उनलाई समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

Leave a review