लाखौंं रुपैयाँ बराबरको अबैध सामानसहित ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
323 पाठक संख्या

बारा प्रहरीले ६३ लाखको अवैध सामान सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले गाडीहरूलाई रोकी जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसक्ने र अबैध भन्सार छलीका अन्दाजी ६३ लाख १२ हजार छ सय चार रूपैयाँ बराबरको खुद्रा समानहरूसहित ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार ट्रक सहित ति सामानहरु आवश्यक कानूनी प्रकृया अगाडी बढाएको छ ।

ईलाका प्रहरी कार्यालय जितपुर, बाराले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा बुधबार राति
ना ८ ख ४६८० न.को यात्रुबाहक बसबाट विल नभएको,२० हजार मूल्य बराबरको दुई क्विन्टल प्याज बरामद गरेको छ ।

ग १ ख ६०७० न.को यात्रुबाहक बसबाटविल नभएको दुई सय किलो प्याज २० हजार बराबरको बरामद गरेको छ । ना ६ ख ७२२७ न.को बसबाट विल नभएको,१६ हजार रुपैयाँ बराबरको प्याज १६० किलो बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज बा.प्र.०३–००१ ख २७०६ न.को यात्रुबाहक बसबाट ४० हजार रुपैयाँ बराबरको चार क्विन्टल प्याज बरामद गरेको छ ।

प्रहरी चौकी पथलैया,बाराले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयाबाट ना ८ ख ६९०५ न.को डिब्बा ट्रक नियन्त्रणमा लिएको छ ।

विल भन्दा बढि स्रोत खुलाउन नसकेको विभिन्न खुद्रा समान अं.मुल्य रू.६१ लख ७२ हजार छ सय चार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

बा.प्र.१–००६ ख ५२५६ न.को यात्रुबाहक बसबाट विल नभएको ४४ हजार मूल्य बराबरको ५५० किलो प्याज प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a review