बारामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

संदिप प्रसाद यादव
645 पाठक संख्या

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार बाराको प्रसौनी गाउँपालिका वडा नम्बर -२ दुधौरा खोला पुल स्थित शुक्रबार राती १२:१० बजे कलैयाबाट बिरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको बाँया साईडको पिलरमा ठोक्किदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको हो ।

दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर बस्ने राजेश मेहता खत्रीको छोरा वर्ष २२ को कुन्दन मेहता खत्री र कलैया उप-महानगरपालिका वडा नं.१२ सितलपुर बस्ने बिनोद प्रसाद कुशवाहाको छोरा वर्ष २२ को अभिमनु कुशवाहा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review