वीरगन्जमा प्रेस काउन्सिल नेपालको अनुगमन,दैनिक भेटिएपनि साप्ताहिक भेटिएनन् : अनुगमन टोली

संदिप प्रसाद यादव
221 पाठक संख्या

वीरगञ्ज : प्रेस काउन्सिल नेपालको एक टोलीले पर्सा जिल्लाको वीरगञ्जमा बिहीबार पत्रपत्रिका वितरणको बजार अनुगमन गरेको छ। काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल तथा उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीको टोलीले उक्त अनुगमन गरेको हो ।

टोलीले वीरगञ्ज स्थित घण्टाघर, माइस्थान पुस्तक पसल र झिंगु स्टेशनरीका साथै वीरगन्जको बजारमा पत्रपत्रिका वितरण स्थितिबारे अनुगमन गरेको जनाएको छ । अनुगमनको क्रममा जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिका धेरैजसो पसल तथा बजारमा देखिए, भेटिएपनि साप्ताहिक पत्रिका नभेटिएको मुख्य अधिकृत भुसालले बताएका छन ।

अनुगमन हुँदा काठमाडौंबाट प्रकाशन हुने पत्रिकाको अवस्था पनि उस्तै रहेकोे पाईयो, भुसालले भने’ । राजधानी काठमाडौंबाट प्रकाशन हुने अधिकांश दैनिक पत्रिका भेटिएका तर साप्ताहिक पत्रिका कुनै पनि नआउने उल्लेखित पसलवालाको भनाइ उदधृत गर्दै मुख्य अधिकृत भुसालले थपे ।

यता मधेस प्रदेशको जनकपुरबाट प्रकाशन हुने एउटा दैनिक, कलैयाका केही दैनिक साथै भारतका तीनवटा दैनिक पत्रिका अनुगमनका क्रममा बजारमा भेटिएको यी पत्रिका नियमित आउने गरेको टोलीले जनाएको छ । अनुगमनका क्रममा बजारमा भेटिका सवै उपलब्ध पत्रपत्रिका काउन्सिले खरिद गरिएको र अनुगमन प्रतिवेदनमा उल्लेख गरिने टोलीमा संलग्न उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीले जानकारी गराएका छन ।

छापा माध्यमलाई बिक्न र टिक्न गा¥हो भएको, पत्रपत्रिका छपाई र वितरण खस्केको, बजारमा पत्रिका नदेखिने जस्ता समस्या रहेको भन्ने विभिन्न सरोकारवालाको भनाइ रहिरहेको अवस्थामा यथार्थता बुझ्न काउन्सिलले जिल्ला जिल्लामा अनुगमन शुरु गरेका मुख्य अधिकृत भुसालले बताए।

यता पत्रपत्रिका बिक्रीमा झण्डै ७० प्रतिशतसम्म घटेको भन्दै बिक्रेता(पत्रिका पसल)को पेशा पनि सङ्कटमा परेकोले के गर्ने भन्ने अन्योलमा रहेको बिक्रेताहरुले पिडा व्यक्त गरेका छन ।

पर्सामा बजार अनुगमन भएपनि सार्वजनिक बिदाको कारण विभिन्न निकायसँग छलफल हुन नसकेको साथै समय अभावले पत्रपत्रिकाको कार्यालय अनुगमन गर्न नसकिएकाले छिट्टै कार्यालय अनुगमन समेत गरिने उपप्रशासकीय अधिकृत अधिकारीले जानकारी गराएका छन ।

टोलीले यसअघि बुधबार बारा जिल्लामा पत्रपत्रिकाको बजार अनुगमनका साथै पत्रपत्रिकाको कार्यालयको समेत अनुगमन गरेको थियो ।

Leave a review