दुई सय पच्चीस विद्याथीहरुलाई न्यानो पोशाक

रञ्जन यादव
366 पाठक संख्या

बाराको जुनतारा फाउण्डेशनले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई पोसाक बितरण गरेको छ ।

उसले दुई सय २५ जना विद्यार्थीलाई न्यानो कपडाका रुपमा ट्रयाक वितरण गरेको हो ।

सिसुदेखि कक्षा पाँच सम्मका विद्यार्थीलाई वितरण गरिएको जुनतारा फाउण्डेशनका अध्यक्ष बिनोद सापकोटाले साझेदारी दैनिकलाई जानकारी दिए ।

तिहारको शुभकामनासँगै सामाजिक सञ्जाल मार्फत आह्वान गरेर पोशाक खरिदका लागि सहयोग रकम जुटाईएको थियो । प्रति पोशाक आठ सयका दरले खरिद गरिएको जनाईएको छ ।

Leave a review

This will close in 0 seconds