द्वारिका दादा स्मृति भवनको भयो उद्घाटन

रञ्जन यादव
382 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा १३ मा द्वारिका दादा स्मृति भवनको पूर्व मन्त्री पुरुषोत्तम पौडेलले शनिबार एक भब्य कार्यक्रम बीच उदघाटन गरेका छन् ।

पूर्व डुमरवाना गाबिस उपाध्यक्ष एवं समाजसेवी स्व.द्वारिका चौधरी (दादा) को स्मृतिमा सो भवन बनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले बि.स. २०४९ मा साबिक डुमरवाना गाबिसको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भै गरेको कामहरुको चर्चा गरेका थिए । उनले केही समय पछी कार्यबाहक गाबिस अध्यक्ष भएर गाबिसलाइ सक्षम ढंगले सम्पूर्ण जनतालाई खुशी बनाएर आफ्नो क्षेत्रको बिकासमा लागेको जनाए ।

उनले जनप्रेमी समाजसेवि द्वारीका दादा भनेर उनलाई चिनिने गरेको स्मरण गरे । दादा यश क्षेत्रको नक्षत्रको रुपमा रहेको उनले बताए । भवन उदघाटनको क्रममा पुर्व नगर उपप्रमुख एवं एमाले केन्द्रीय सदस्य सरस्वती देबी चौधरी,समाजसेवी तथा एमाले मधेश प्रदेशका सचिब मनोज पौडेल,डुमरवाना बहुमुखी क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी,अग्रज रुपलाल चौधरी लगायतले मन्तब्य व्यक्त गरे ।

कार्यक्रमको अवसरमा दादा परिवारको बुहारी प्रमिला चौधरीलाई सम्मान गरिएको छ ।

समाजसेवी किशोर शर्माले सन्चालन गर्नुभएको कार्यक्रमको सभापति पलट चौधरी र स्वागत वडा अध्यक्ष हेमनारयण चौधरीको थियो ।

उक्त कार्यक्रममा १४ वडा अध्यक्ष चयन मगर,कार्यपालिका सदस्य प्रह्लाद साह,पुर्व वडा अध्यक्ष राजेन्द्र प्रसाद सिंह,वडा सदस्य एवम न्यायिक समिती सदस्य जादुलाल सहनी,अगुवा युवा नेत्री सिमा ठकुरी,युवा नेता त्रिलोक शाह ठकुरी,गोबिन्द चौधरी लगायत बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति थियो ।

सोहि अवसरमा मास व ट्रस्ट को सम्पर्क कार्यालयको उदघाटन गरिएको छ ।

Leave a review