कतारका राजा नेपाल आउँदै,भोलि सार्वजनिक बिदा

साझेदारी दैनिक
साझेदारी दैनिक 372 पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review