माछा ब्यवसायीद्वारा उपमहानगर प्रमुख पौडेललाई ज्ञापन पत्र प्रस्तुत

रञ्जन यादव
339 पाठक संख्या

माछा ब्यवसायीहरुले जीतपुरसिमरा उपमहानगरपालिकाको उपमहानगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।

जीतपुरसिमरा तदर्थ माछा ब्यवसायी संघका सह संयोजक लक्ष्मीकान्त प्यारेलाल चौधरीले माछा ब्यवसायमा रहेका समस्याहरुलाई उजागर गर्दै नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

माछा ब्यवसायीले बुझाएको ज्ञापन पत्रमा उत्पादित माछाको भण्डारण र बजारीकरण नहुँदा माछा ब्यवसायी उचित मूल्य नपाएर मर्कामा परेको लेखेका छन् ।

उनीहरुले ज्ञापन पत्रमा माछापालन तालिम ,माछा प्राबिधिकको ब्यवस्था गर्न माग गरेका छन् । ज्ञापनपत्र मार्पmत माछा बिक्रि स्थलको निर्माण, उत्पादित माछाको भण्डारण र प्रशोधनको माग गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध रहेका कारण ब्यवसायीबिच बि.टु.बि.बैठकको सहजीकरण हुनुपर्ने लगायत छ बुँदे मागहरु ज्ञापन मार्पmत राखेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा करिब २ सय बिघा जमिनमा माछा खेती हुदैँ आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रबाट उत्पादित माछाहरु काठमाडौँ,पोखरा लगायतका क्षेत्रहरुमा निर्यात गरिने गरिएको छ ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजय साह,माओवादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल,किसान महासंघका सोनालाल साह, कृषि शाखाकी राधिका भारती,मेडपाका दिपनारायण राय लगायतकाको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।

Leave a review

This will close in 0 seconds