बसतपुरमा जसपा उम्मेदवार यादवको मतदाता भेटघाट

साझेदारी डेलि
171 पाठक संख्या

कलैया। आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै बारा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामबाबु कुमार यादवले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

बिहीबार कलैया उपमहानगरपालिका वडा नं. २०, बसतपुरमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार यादवले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षाबारे जानकारी लिएका छन् ।

बसतपुरमा भएको चुनावी अभियानमा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो। टोलटोलमा पुगेर उम्मेदवार यादवले यस क्षेत्रको सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

Leave a review