वीरगञ्ज – काठमाण्डौं विधुतीय यात्रुवाहक सवारी साधन सञ्चालन

साझेदारी दैनिक
317 पाठक संख्या

कलैया : राष्ट्रिय स्वतन्त्र मल्टि प्रपोज यातायात प्रालिले सोमबार देखि वीरगञ्ज–काठमाण्डौ रुटमा विधुतीय यात्रुवाहक सवारी सञ्चालनमा ल्याएको छ।

एक समारोह बीच जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले प्रा.लि.का अध्यक्ष श्रेष्ठलाई गाडिको चाबी हस्तान्तरण गरेपछि विधुतीय यात्रुवाहक सवारीको उद्घाटन गरिएको हो।

कम्पनीले बीरगञ्ज काठमाण्डौ,ठोरी–काठमाण्डौ,गौर–काठमाण्डौ,लालबन्दी–काठमाण्डौ रुटमा गाडि सञ्चालन गर्न लागेको कम्पनीका अध्यक्ष उदयबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कि–टन कम्पनीको १४ सिट भएको २४ वटा गाडिले हाल सेवा दिनेछ। अगामी दिनमा २६ वटा गाडि थप गरी ५० वटा गाडि पु-याउने लक्ष्य लिएको छ ।

गाडि तोकिएको समयमा छुट्ने, यात्रुका लागि सम्पूर्ण गाडिमा वाई फाईको व्यवस्था रहेको हुँदा यात्रुलाई सहज हुने कम्पनीले जनाएको छ ।

किटन कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विधुतीय सवारीले ईन्धन एवं कार्वन उत्सर्जनमा समेत कमि ल्याउने विश्वास व्यक्त गरे। भावि दिनमा अन्य ठूला सवारीहरु समेत भित्राउन लागेको खतिवडाले बताए।

Leave a review