पर्सामा दादुरा रुवेलाको खोप लगाउन शुरु

साझेदारी दैनिक
284 पाठक संख्या

सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

सोही क्रममा यही फागुन १३ देखि चैत ७ गतेसम्म पर्सा जिल्लामा पनि दादुरा–रुवेलाको खोप दिन शुरु गरिएको छ ।

पहिलो चरणमा पर्सामा रहेको १४ पालिकाहरु मध्ये ६ वटा पालिका र वीरगञ्ज महानगरपालिकाको एउटा वडामा दादुरा रुवेला बिरुद्धको खोप लगाउन शुरु गरिएको हो ।

पहिलो चरणमा फागुन १३ गते आईतबारदेखि २१ गतेसम्म वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४, पोखरिया, पर्सागढी नगरपालिका, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा खोप दिइदैछ ।

दोश्रो चरणमा महानगरपालिकाको ४ नम्बर बाहेकका सबै वडा र बहुदरमाइ नगरपालिका, ठोरी, छिपहरमाइ, पकहामैनपुर, विन्दवासिनी, धोबीनी र कालिकामाई गाउँपालिकामा खोप सञ्चालन गरिने छ ।

खोप लगाउने सम्पूर्ण तयारी पर्सा जिल्लामा भएको तथा पहिलो चरणमा खोप लगाउन शुरु गरिसकिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साहले जानकारी दिए ।

पर्सा जिल्लामा जनसंख्याको आधारमा एक लाख ९७ हजार ६ सय ३७ जना बालबालिकालाई खोप दिनुपर्ने लक्ष्य रहेको छ ।सोही अनुसार वडाका बिभिन्न स्थानमा खोप केन्द्र तोकेर दादुरा रुवेलाको खोप दिईरहेको पर्साका जिराभवानी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अजय थारुले साझेदारी दैनिकलाई बताए ।

खोप लिनबाट कोही पनि बालबालिका बञ्चित नहोस भनेर वडाका जनप्रतिनिधि, खोप कार्यकर्ता स्वयसेवक स्वयमसेविका सहित छलफल अन्र्तक्रिया गरेर पुरै तयारीका साथ दादुरा रुवेला बिरुद्धको खोप नगरपालिकाको ९ वटै वडामा सञ्चालन भईरहेको पर्सागढी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद पौडलेले बताए ।

लागि १ हजार १ सय ४८ खोप केन्द्रमा २ हजार २ सय ९६ जना खोप दिने स्वास्थ्यकर्मी र ३ हजार ४ सय ४४ जना स्वयंसेवक परिचालन गरिएको छ ।

सोही अनुसार आफनो पालिकामा पनि खोपकेन्द्र स्थापना गरेर दादुरा रुवेलाको खोप लगाइ रहेको जगरनाथपुर गाउँपलिकाका स्वास्थ्य शाखाका प्रमुख परभेन्द्र साहको भनाई छ ।भारतसँग सीमा जोडिएका २१ जिल्ला दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्लाको रुपमा रहेको छ ।

Leave a review