बारा प्रहरीले एक जना फरार कुख्यात अपराधीलाई पक्राउँ

साझेदारी दैनिक
साझेदारी दैनिक 459 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बारा प्रहरीले एक जना फरार कुख्यात अपराधीलाई पक्राउँ गरेको छ । पक्राउँ पर्नेमा बारा परवानीपुर गाउँपालिका वडा नं १ घर भएका वर्ष ३६ को कपिलदेव महतो रहेका छन् । उनी बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

करिब २।३ महिना पहिले उनी समलग्न रहेको प्रमोद साह गोढको समूहले एउटा ईटा उद्योगीसँग रू.१५ लाख फिरौती रकम माग गरेको थियो । रकम दिन अस्वीकार गर्दा इँट्टा उद्योगमा बम विष्फोट गरी घरपरिवार समेतलाई खतरा हुने फोन धम्की दिएका थिए ।

फिरौती रकम तीन लाख लिएर ईटा उद्योगी अपराधिक समुहहरुले बोलाएको ठाउँ चैनपुर पुग्दा बिशेष सुराकीको आधारमा बारा प्रहरीले प्रमोद साह गोढ लगायत चार जनालाई पक्राउँ गरेको थियो भने महत्तो भारत फरार भएका थिए ।

केही दिन अघि नेपाल प्रवेश गरी पुनः आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने सूचनाको आधारमा हिजो राती १० बजे प्रहरीले पक्राउँ गरेको थियो । ईलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय परवानीपुर खटिएको प्रहरी टोलीले परवानीपुर स्थित घर घेरा हालि पक्राउँ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउँ परेका महत्तोलाई आवश्यक कारवाहीको बारा जिल्ला अदालतमा पठाउने कार्य भइरहेको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review