उपभोक्ता हित सँरक्षण मञ्च पर्साको पाँचौ जिल्ला अबिधेशनले जिल्ला अध्यक्षमा सुनिलकुमार श्रेष्ठलाई चयन गरेको छ ।
वीरगञ्जमा शनिबार सम्पन्न बैठकले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
मञ्चको जिल्ला कार्यसमितिको उपाध्यक्षमा अजितकुमार भुजेल,सचिवमा बिशाल झा,सहसचिवमा ललित कुमार पटेल,कोषाध्यक्षमा रचेन्द्र सिँह थापालाई सर्ब सहमतिले चयन गरेको छ ।
त्यसैगरी कार्य समिति सदस्यमा रोशनी श्रेष्ठ,लक्ष्मि खडका,गजेन्द्र महतो,सुनिल महतो,राकेश अधिकारी र मनोज गुप्ता चयन भएका छन ।
अधिबेशनले पर्सा जिल्लाको तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।जसमा अधिबक्ता हरिकुष्ण अधिकारी,शत्रुघन नेपाल र रेबिन्द्र कार्की रहेका छन ।
उपभोक्ता हित सँरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीको उपस्थितिमा जिल्ला अबिधेशन भएको हो ।

