पथलैयामा राजस्व छलीका सामानसहित डिब्बावाला ट्रक नियन्त्रणमा

साझेदारी डेलि
322 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित पथलैया चोकमा प्रहरीले राजस्व छलीका सामानसहित एक डिब्बावाला ट्रक नियन्त्रणमा लिएको छ।

मंगलबार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले वीरगञ्ज–हेटौडा सडक खण्डमा सवारी साधनहरू जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ३–ख ७९८४ नम्बरको डिब्बावाला ट्रकलाई रोकेर जाँच गरेको थियो।

चेकजाँचका क्रममा ट्रकमा बिलबिजक अनुसारका सामानसँगै अतिरिक्त रूपमा राजस्व छली गरी ल्याइएका विभिन्न सामानहरू फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामानहरूको बिलबिजक अनुसार अनुमानित मूल्य २७ लाख ५१ हजार ४१३ रुपैयाँ बराबर रहेको छ।

राजस्व छलीका सामानसहित नियन्त्रणमा लिइएको उक्त ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

Leave a review

This will close in 0 seconds