कलैया : कलैया उपमहानगरपालिका–१६ मा निर्माण हुन लागेको बिद्यानगर कृषि बजारको शिलान्यास गरिएको छ ।
पुर्बमन्त्री तथा बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले उक्त योजनाको शिलान्यास गर्नु भएको हो। बजार निर्माणको कुल लागत ८२ लाख ९९ हजार ८३२ रुपैयाँ रहेको छ ।
चिनी मिल कृषि बजार निर्माण उपभोक्ता समितीले निर्माण गर्ने बिद्यानगर कृषि बजारमा क्षेत्र पुर्बाधार बिकास रकम ८० लाख र जनश्रमदानबाट २ लाख ९९ हजार ८ सय ३२ रुपैया लाग्ने जनाईएको छ ।
यस कृषि बजारले स्थानीय किसानलाई आफ्ना उत्पादनहरू सहजै बिक्री वितरण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ। कार्यक्रममा उपमहानगरपालिका तथा स्थानीय समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रमको अवसरमा सांसद साहले किसानहरूको जीवनस्तर उकास्न यस्ता पूर्वाधार विकास योजनाहरू अत्यावश्यक रहेको बताउँदै आगामी दिनमा अझ बढी विकास योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो।


