देवताल गाउँपालिका क्षेत्रमा जडान भयो सिसीटिभी क्यामरा

संदिप प्रसाद यादव
811 पाठक संख्या

बाराको देवताल गाउँपालिकालाई सुरक्षित बनाउने उदेश्यले सिसीटिभी क्यामरा जडान गरिएको छ ।

देवताल गाउँपालिकाको आर्थिक लगानीमा गाउँपालिकाको बिभिन्न ठाउँमा १७ थान सिसी टिभी क्यामरा जडान गरिएको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव र गाउँपालिका का अध्यक्ष उदय प्रसाद यादवले मंगलवार संयुक्तरुपमा सिसी टिभीको उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष यादवका अनुसार गाउँपालिकाको विभिन्न १७ ठाउँमा सिसी टिभी क्यामरा जडानले गर्नाले अबका दिनमा स्मार्ट गाउँपालिका बनाउनका लागी पहिलो खुडकिलो पार गरेको बताए ।

उक्त क्यामराले चोरी लगायत विभिन्न अपराधमा नियन्त्रण हुने विश्वास व्यक्त गरे । गाउँपालिकाको ८ ठाउँमा सि.सि टिभी क्यामरा जडान गरिएको छ ।

उक्त क्यामरा रौवाही चौक–२,बेनौली चौक –२,पिपरपाती राधाकृष्ण मन्दिर चौक–३,देवापुर चौक–२,प्रीप्राढी ४ नम्बर वार्ड कार्यालय नीर–२,२ नम्बर वार्ड कार्यालयको आश्रम चौक–२,३नम्बर वार्ड कार्यालयको अम्वा चौक–२ र बडकी फुलबरीयामा रहेको विधालय नीर –२ गरि १७ थान सि.सि टिभी क्यामरा जडान गरिएको छ ।

सो क्यामराबाट बजार क्षेत्रलाई पनि थप व्यवस्थित र सुरक्षित बनाउने,शान्ति सुरक्षा,दुर्घटना,चोरी जस्ता घटनाहरु नियन्त्रण गर्ने उदेश्यले जडान गरिएको गाउँपालिका अध्यक्ष यादवले बताएका छन।

जडान भएका सवै सिसिटिभी क्यामाराहरुको निगरानी देवताल गाउँपालिकाको कार्यालयले गर्ने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले बताएका छन ।

Leave a review