बाराको जनजागरण मध्यवर्ति बन उपभोक्ता समुह ,रामबनले करिब ६ क्युफिट काठको गोलिया बरामद गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित उपभोक्ता समुहले होन्डा साईकलमा लोड गरेर ल्याईरहेको करिब ६ क्युफिटको काठ बरामद गरेको समुहका सदस्य दिपक नेपालले जानकारी दिनुभयो ।
स्करहरुले जङगलबाट साईकलमा लोड गरेर काठको गोलियाहरु ल्याईरहेका थिए । बन समुहकाका सदस्यहरु देखेपछि तस्करहरु काठ सहित साईकल लिएर फरार भएका छन् ।
साईकलमा लोड गरिएको काठको गोलिया स्थानीय र प्रहरीको सहकार्यमा पक्राउँ गरिएको छ । पक्राउँ गरिएको काठ र साईकललाई जनजागरण उपभोक्ता समुहको कार्यालयमा राखिएको छ ।
काठ सहित फरार भएका तस्करहरुको खोजि कार्य भईरहेको जनजागरण बन उपभोक्ता समुहका अध्यक्ष तारा कार्कीले जानकारी दिनुभयो ।