युवा नेता सिंहले गरे भोजपुरी एल्बम सुटिङको शुभारम्भ

साझेदारी दैनिक
साझेदारी दैनिक 632 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको सिमरा स्थित इच्छा होटेलको प्राङ्गणमा भोजपुरी एल्बम सुटिङको नेपाली काँग्रेस बारा क्षेत्र नं. ४ ख का सभापति तथा युवा नेता लोकेश सिंहले शुभारम्भ गरेका छन् ।

शनिबार एक कार्यक्रमको बिच सिंहले क्यामेराको विधिवत रुपमा पूजा गरी सुटिङको शुभारम्भ गरेका हुन् ।

सो एल्बम फेमस विडियो कम्पनी द्वारा निर्माण गर्न लागिएको छ। जसको निर्माता जय बाबा,निर्देश सुनिल तिवारी,डिओपी सन्दिप साजन र अनिष चौरसिया,एक्टरहरु शिवानी यादव, तान्या सिंह रहेका छन ।

त्यस्तै गायकहरुमा धर्मेन्द्र पटेल र भाइरल गर्ल पूजा पाण्डे, मेकप आर्टिस्ट मोनु सिंह र म्युजिक डाइरेक्टर जयदेश माहि रहेका छन।

सो अवसरमा विशिष्ट अतिथि बारा जिल्ला अदालत बार एशोसिएसनका निबर्तमान उपाध्यक्ष अधिवक्ता अरुण कुमार दुबे,नेपाली काँग्रेस जितपुर सिमरा उपमहानगरपालिका का निवर्तमान नगर सभापति श्याम गुप्ता,बारा जिल्ला छेत्र नं.४ प्रतिनिधि सभाका प्रत्याशि उम्मेदवार – इच्छा वाग्ले र नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष अनिल कुमार साह लगायतको सहभागिता रहेको थियो।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review