अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा राष्ट्रिय कृषक समूह माहासंघ नेपालले कृषि प्रसार सेवा तथा प्रबिधि सम्बन्धी सचेतना अभियान कार्यक्रम बारा र रौतहट जिल्लामा सम्पन्न गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नं.२० बसतपुर र रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं.६ धर्मपुरमा माहासंघले कार्यक्रम गरेको हो । कृषि प्रसार सेवालाई अहिलेको युगमा प्रबिधिसँग जोड्ने बिषयमा छलफल भएको थियो ।
मोबाईल एप्स,जियो कृषि,कृषि पाथ एन.पि.,सोसल मिडिया,सञ्चारका माध्यम लगायतको बिषयमा जानकारी गराईएको थियो । किसानलाई आफनो बालीको उत्पादन देखि बजारीकरण कसरी सहज गर्न सकिन्छ भन्ने बिभिन्न आयामहरुको बिषयमा जानकारी गराईएको थियो ।कृषि प्रसार सेवामा युवाले निभाउन सक्ने प्रबिधिको माध्यमद्धारा माध्यम तथा अवसरहरुको बिषयमा बताईएको थियो ।
कार्यक्रममा युवा क्लब,कृषक समुह,आमा समुह,बाल क्लब लगायतका बिद्यार्थी र स्थानीय युवाहरुको सहभागिता रहेको थयो । बारामा कार्यक्रमको सहजिकरण राष्ट्रिय कृषक समुह माहासंघ नेपालका अंकिता नेपाल,प्रमानन्द चौधरी,स्मार्ट युवा क्लबका अध्यक्ष निरजकुमार गुप्ता र ओमप्रकाश साहले गरेका थिए ।
त्यस्तै रौतहट जिल्लामा कार्यक्रमको सहजिकरण राष्ट्रिय कृषक समुह महासंघ नेपालका नथनी माझी,भिएसओ नेपालका अभिशेक सिँह,छोडी देबी युवा क्लबबाट उमाकान्त राम यादब र उग्रनारायण यादबले गरेका थिए ।

