किशोरी आत्मरक्षा सम्बन्धी दुई दिने तालिम सम्पन्न

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 578 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित श्री बेंगा साह माध्यमिक बिद्यालयमा किशोरी आत्मरक्षा सम्बन्धी दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

प्रसौनी गाउँपालिकाको सहयोगमा र न्यू फ्रेन्ड्स क्लबको आयोजनामा सञ्चालित उक्त तालिमको एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

न्यू फ्रेन्ड्स क्लवका अध्यक्ष राजेश कुशवाहाको अध्यक्षतामा सम्पन्न सो तालिमको उद्घाटन प्रसौनी गाउँपालिकाकि उपाध्यक्ष किरण देवी साहले गरेकी थिइन् ।

किशोरी आत्मरक्षा सम्बन्धी तालिम हरेक किशोरीले सिक्नै पर्ने तालिम भएको उपाध्यक्ष साहको भनाई छ । आत्मरक्षा सम्बन्धी जानकारी भएमा आफूलाई परिआएको बेला आफुसंग भएको सामग्रीहरुलाई पनि हतियारको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने उनको भनाइ थियो ।

पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको न्यू फ्रेन्ड्स क्लवका अध्यक्ष कुशवाहाले बताए ।

आत्मरक्षा सम्बन्धी तालिम अत्यन्तै उपयोगी अनि महत्वपूर्ण तालिम हो । प्रसौनी गाउँपालिका जस्तै हरेक स्थानीय तहले आफ्नो मातहतका विद्यालयहरुमा किशोरी आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्न पनि उनले सुझाव दिए ।

उक्त तालिममा महिलाहरूले घरेलु हिंसा,साथीभाइबाट हुने हिंसा,सहकर्मीबाट हुने हिंसा,शिक्षक वा गुरुबाट हुने हिंसा, सार्वजनिक स्थानमा वा पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमका हिंसालाई कसरी पहिचान गर्ने र त्यसबाट कसरी आफ्नो बचाउ गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

सो कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ८६ जना छात्राहरुलाई आत्मरक्षा सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको थियो ।

सो तालिमका प्रशिक्षक अनिल कुमार कुशवाहा,जुही मेहता,जुगली दास,सहायक प्रशिक्षक कुसुम मण्डल र वर्षा चौधरीले छात्राहरुलाई प्रशिक्षण दिएका थिए ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review