बारामा सामाजिक अभियन्ता प्रदीप कुशवाहा ‘आपराधिक उपद्रव’ मुद्दामा पक्राउ

साझेदारी दैनिक
652 पाठक संख्या

कलैया । बारा प्रहरीले आपराधिक उपद्रव मुद्दामा सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई पक्राउ गरेको छ ।
 
बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका सामाजिक अभियानता प्रदीप कुशवाहालाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले पक्राउ गरेको हो । प्रहरीले उनलाई ‘वार्ताका नाममा’ बोलाएर पक्राउ गरेको एक स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गाउँपालिकामा भएको तोडफोड र तालाबन्दी घटनाको विषयमा छानबिनका लागि कुशवाहालाई नियन्त्रणमा लिइएको हो ।

कुशवाहालाई आपराधिक उपद्रव मुद्दामा पक्राउ गरिएको प्रवक्ता पण्डितले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds