Sajhedari Daily
Latest News from Nepal

फकिरा गिरी राजेश्वर गिरी विद्यालयमा सुबिधा सम्पन्न पुरुष शौचालय

रञ्जन यादब /
जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सुुबिधा सम्पन्न पुुरुष शौचालयको उद्घाटन गरिएको छ ।

नव निर्मित्त शौचालयको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबुु गुुप्ताले बुधवार एक कार्यक्रमवीच उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्नुुहुुदैँ वडा अध्यक्ष गुुप्ताले आफुु निर्वाचित भएदेखि नै फकिरा गिरी विद्यालयलाई नमुुना बिद्यालय बनाउने सपना बोकेर हिडेको जनाए । उनले विद्यालय एउटा बौद्धिक जनशक्ति उत्पादन गर्ने थलो भएकाले यससँग खेलवाड नगर्न सवैमा अनुुरोध गरेका छन ।

जीतपुुरसिमरा उपमहानगरपालिकाको युुवा ,खेलकुुद तथा शिक्षा शाखाको सात लाख आर्थिक लगानीमा उक्त विद्यालयमा शौचालय निर्माण गरिएको बिद्यालयका प्रधानध्यापक राजुु कुुमार सिंहले जानकारी दिए । यसैगरी विद्यालयमा अवको तीन महिनाभित्र विद्यालयमा सुविधा सम्पन्न महिला शौचालय बनाईने प्रअ सिंहले बताए ।

नवनिर्मित पुरुष शौचालयमा नौ वटा पिसाब स्थल र दुुई वटा सौच गर्ने स्थल निर्माण गरिएको छ । यसभन्दा अगाडि बिद्यालयको प्रत्येक कक्षा कोठामा सि.सि.टि.भि. क्यामरा ,लाईब्रेरी र कम्पयुुटर प्रयोगशाला र नवनिर्मित भवनको उद्घाटन गरिसकिएको छ ।

शौचालय उद्घाटन कार्यक्रममा जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव शिवजी साह,वडा सदस्य दुुर्गा रिजाल, ज्ञानी पासवान, मोहरम मंसुुर ,बिद्यालय ब्यवस्थापन समितिका सदस्य मुुरारी राज पुुरी, युुवा समाजसेवी मनोज साह, राधा साह लगायतको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!