मधेस क्रिकेट लिग आयोजना हुने

साझेदारी दैनिक
364 पाठक संख्या

नवराज चौलागाईं/

मधेस प्रदेश क्रिकेट संघले यस वर्षदेखि मधेस क्रिकेट लिग आयोजना गर्ने भएकोछ ।

मधेस प्रदेश क्रिकेट संघको पौष २५ गते बुधबार सम्पन्न पाँचौ बोर्ड बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै मधेस क्रिकेट लिग र मधेस प्रदेश स्तरीय बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएकोछ ।

बैठकले पवन दासलाई मधेस प्रदेशको डेभलपमेन्ट अधिकृतमा चयन गरेकोछ । तेसैगरी अनिल चौगाईको संयोजकत्वमा तीन सदस्यीय टेक्निकल कमिटीको समेत गठन गरिएकोछ ।

टेक्निकल कमिटीको सदस्यहरुमा मुकेश साह र निरज सिंह रहेकाछन ।

बैठकले १९ वर्ष मुनिको महिला टिम छनोटको लागी जलेश्वरमा बन्द प्रशिक्षण गराउने निर्णय गरेको

Leave a review