बारा प्रहरीको अवैध रुपमा लगाईएको गाँजा खेती नष्ट गर्ने उदेश्यले संचालन गरिएको गाँजा फडानी अभियान अन्र्तगत बुधवार पनि गाँजा फडानी गरेको छ ।
प्रहरी टोलीले जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ थली भन्ज्याङ स्थित करिब दुई बिगहा १० कठ्ठा ऐलानी जग्गामा लुकाई छिपाई लगाइएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय निजगढको संयुक्त टोलीले उक्त गाँजा फडानी गरेको हो । बारा प्रहरीले मंगलवारदेखी गाँजा फडानी अभियान संचालन गरेको प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी गराए ।
प्रहरीले मंगलवार पनि सोही वडाको लालटोलमा करिब तीन विगाहामा लगाईएको गाँजा खेती नष्ट गरेको थियो ।

