धिरेन्द्र पनुहर/
बारा जिल्ला भलिबल संघको प्रथम बार्षिक साधारणसभा शनिबार बाराको आर्दश कोतवालमा सम्पन्न भएको छ ।
आर्दश कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया स्थित नेरामाविको प्राङ्गणमा एक कार्यक्रमको बिच साधारणसभा सम्पन्न भएको हो ।
बारा जिल्ला भलिबल संघका अध्यक्ष खुशी चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले पानसमा बति बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी समेत रहनु भएका साहले आप्mनो पालिकामा चाडै नै मेयर भलिबल कप संचालन गराउने बताएका छन । उहाले जिल्ला भलिबल संघलाई थप व्यस्थित बनाउनको लागि आफुले हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जिल्ला भलिबल संघ बाराले यस पालिकामा आफ्नो प्रथम बार्षिक साधारण सभा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै यस संघको उन्नति प्रगतिको लागि शुभकामना ब्यक्त गर्नु भयो।
कार्यक्रममा मधेस प्रदेश भलिबल संघका अध्यक्ष एवम पुर्वमन्त्री ज्ञानेन्द्र कुमार यादव,बारागढी गापाका उपाध्यक्ष लक्ष्मीदेवी राय, नेपाल भलिबल संघका सचिव तथा मधेश प्रदेश भलिबल संघका उपाध्यक्ष फिरोज महमद,नेपाल भलिबल संघ राष्ट्रिय भलिबल प्रशिक्षक भरत बहादुर यादव,मधेश प्रदेश भलिबल संघका महासचिव रामानन्द सिंह थारु,उपाध्यक्ष रबि यादव,कोषाध्यक्ष श्रीनारायण पन्डित,सदस्य रिना चौधरी,पुर्व क्षेत्रीय भलिबल खेलाडी एवम समाजसेवी अमृत जि आर लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
यसैगरी साधारणसभा उद्घाटन कार्यक्रममा आदर्श कोतवाल २ का वडा अध्यक्ष मनोज कुमार महतो,ईलाका प्रहरी कार्यालय आदर्श कोतवालका इन्चार्ज रासिन्द्र यादव,समाजसेवी रामचन्द्र साफी,जनशक्ति क्लब कोल्हबीका भलिबल प्रशिक्षक भुनेश्वर राउत थारु लागायतको उपस्तिथि रहेको थियो। कार्यक्रमको संचालन रीना कुमारी चौधरी र स्वागत अरुण कुमार रायले गरेकाको आयोजक भलिबल संघले जनाएको छ ।


