जन्मदिनको अवसरमा बिद्यालयलाई डस्टबिन

रञ्जन यादव
328 पाठक संख्या

एकजनाले जन्मदिनको अवसरमा बाराको अम्लेखगंज स्थित श्री नेपाल माध्यमिक विद्यालयलाई डस्टबिन वितरण गरिएको छ ।

लायन्स क्लब अफ अमलेखगञ्जले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ मा रहेको श्री नेपाल माध्यमिक विद्यालय अमलेखगञ्जलाई डस्टबिन वितरण गरिएको हो ।

लायन्स क्लब एरिया ३ का जोन चेयरपर्सन बिनय साहले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई १५ डस्टबिन वितरण गरेका हुन् ।

एक कार्यक्रमकाबिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साहलाई डस्टबिन हस्तान्तरण गरिएको थियो ।

लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष तथा वडा अध्यक्ष सुबास श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Leave a review

This will close in 0 seconds