पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित भएको छ ।
वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ‘ब्याटिङ’ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात ‘विकेट’ गुमाउँदै २२७ रन जोडेको थियो ।
आजको खेलमा गण्डकीका तर्फबाट अर्जुन कुमालले १०२ ‘रन’ जोडेका थिए भने विपिन खत्रीले ७६ रन जोडेका थिए । कोशी प्रदेशका तर्फबाट दिपेश कँडेलले चार विकेट र सुजन थपलियाले एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको कोशी ५० ओभरमा नौ ‘विकेट’को क्षतिमा १८८ रनमा सीमित रह्यो । कोशी प्रदेशका तर्फबाट दिपेश कँडेलले ५२ रन र आशिष मगरले ३० रन जोडेका थिए ।
गण्डकी प्रदेशका सिव्रिन श्रेष्ठले तीन विकेट र अपराजित पौडेलले दुई विकेट लिएका थिए । आजको खेलमा गण्डकी प्रदेशका अर्जुन कुमाल ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

