सिम्रौनगढ नगरपालिकामा पनि चार दिन बिदा

साझेदारी दैनिक
333 पाठक संख्या

कलैया : बाराको सिम्रौनगढ नगरपालिकाले चार दिन सार्वजनिक विदा दिएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा लागेको विश्व प्रसिद्ध गढीमाई पञ्चबर्षिय मेलाका लागि चार दिन बिदा दिएको हो ।

मंसिर २१ गतेदेखि मंसिर २४ गते सम्म अति आवश्यक तथा स्वास्थय सेवा बाहेक सिम्रौनगढ नगरपालिका र मातहतका सम्पुर्ण कार्यालयहरुमा स्थानीय सार्वजनिक बिदा दिईएको प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले एक सुचना जारी गरी जानकारी दिएका छन ।

नगरपालकाले गढीमाई मेलामा निःशुल्क खाना,नास्ताको ब्यवस्था तथा स्वास्थय शिविर समेत राखिएको जयसवालले जनाए ।

उक्त शिविरको उदघाटन मंसिर २० गते बिहीबार गरिने जनाईएको छ ।

Leave a review