गाउँघरमै बन उपभोक्ताहरुको स्वास्थ्य परिक्षण

रञ्जन यादव
329 पाठक संख्या

गाउँघरमै उपभोक्ताहरुलाई उनीहरुको घरदैलोमा नै स्वास्थ्य सेवा पुरयाउँने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गढीमाई साझेदारी बन उपभोक्ता समितिको आयोजनामा शुक्रवार भएको शिविरमा दुई सय ९४ जनाले स्वास्थ्य चेकजाँच गराएको शिविर संयोजक रमेश यादवले जानकारी दिए । जसमा एक सय ६२ जना पुरुष र १ सय ३२ जना महिलारहेका छन् ।

एभरग्रिन तराईसिमरा अस्पताल सिमराको प्राबिधिक सहयोगमा भएको निशुल्क शिविरमा बरिष्ठ कन्सल्टेन्ट तथा फिजिसियन, बालरोग बिशेषज्ञ,स्त्री तथा प्रसुती रोग बिशेषज्ञ,हाड जोर्नि तथा नशा रोग बिशेषज्ञ र जनरल ल्याप्रोस्कोपिक सर्जन चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो ।

शिविरमा जीतपुर,बकुलिया,ईमलिपर्ती,नितनपुर,छातापिपरा लगायत ठाउँबाट आएका बिरामीहरुले स्वास्थ्य सेवा लिएर लाभान्वित भएका थिए ।

शिविर सुरुहुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोतिलाल राउतले गरेका थिए ।

गढीमाई साझेदारी बन उपभोक्ता समितिका अध्यक्ष रामएकवाल साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर महत्तो,डिभिजन बन कार्यालय बाराका अधिकृत जवाहर प्रसाद कुर्मि,सब डिभिजन बन कार्यालय पथलैयाका अधिकृत ललन राउत,एभरग्रिन तराईसिमरा हस्पिटलका सि.ओ.सदाम हुसेन,गढीमाई साझेदारी बनका नरेन्द्र झा लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन छोटेलाल चौधरीले गरेका थिए ।

Leave a review