भारतीय गणतन्त्र दिवसको अवसरमा प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण

संदिप प्रसाद यादव
659 पाठक संख्या

भारतीय गणतन्त्र दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई फलफूल वितरण गरिएको छ ।

बाराको कलैया उपमहानगर–६ मा रहेको प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा फलफूल वितरण गरिएको हो ।

नेपाल भारत मैत्री संघ मधेश प्रदेश र जिल्ला कार्य समितिको सहकार्यमा प्रादेशिक अस्पताल कलैयामा रहेको विरामीहरूलाई फलफूल वितरण गरिएको सचिव पवन अग्रवालले जानकारी गराएका छन् ।

दुई देश बीचको भाईचारा कायम राख्न संघले भारत स्वतन्त्र भएको सम्झनामा गणतन्त्र दिवस मनाउदै आएको उनले बताए ।

नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष हिरालाल साहले आपूmहरु भारतको गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउदै आएको जानकारी गराए ।

भारतसंग रोटी बेटीको सम्बन्ध रहेकोले भारतको सुख दुखमा आपूmहरू सदैव साथ रहने अध्यक्ष साहले बताए । ७५ औ गणतन्त्र दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयामा रहेको विरामीहरूलाई फलफूल वितरण गरी हर्षोल्लासका साथ मनाएको उनले बताए ।

उक्त फलफूल वितरण कार्यक्रममा नेपाल भारत मैत्री संघ मधेश प्रदेश सचिव पवन अग्रवाल,जिल्ला अध्यक्ष हिरालाल साह, अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रकाश चौगाई,विजय जैयसवाल,पवन व्याहुत,दिनेश कुशवाहा,सत्यनारायण कुशवाहा,विन्देश्वरी वर्मा,अजय सरार्फ लगायत अस्पतालका इन्चार्ज प्रदिप यादव लगायतको सहभागिता रहेको थियो ।

Leave a review