दलित समुदायका अगुवाहरुले जीतपुरस्थित सलहेस बाबाको मन्दिरको संरक्षणको माग गरेका छन् । उनीहरुले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
बिभिन्न नारा जुलुस गर्दै करिब एक सयको सङ्ख्यामा रहेका दलितहरुले जीतपुर परिक्रमा गरेका हुन् ।
उनीहरुले करिब ५० बर्ष देखि पासवान जातीको कूल देवताको रुपमा पूजा गर्दै आएका सलहेस बाबाको मन्दिरलाई आज आएर एकल ब्यक्तिले यो मेरो जग्गामा पर्छ भनेर ईटाको पर्खाल लगाएर घेर्नु दुखद बिषय भएको दलित अगुवा राजदेव पासवानले जानकारी दिए ।
दलित अगुवा चन्देश्वर पासवानले आफुहरुको मागप्रति उपमहानगरपालिका गम्भीर नभए उपमहानगरपालिका घेराउँ गर्ने देखि लिएर चक्काजाम सम्मको कार्यक्रम आयोजना गर्न सक्ने बताए ।
यता ज्ञापन पत्र बुझेर नगर प्रमुख पौडेलले दलित अगुवाहरुले उठाएको मागप्रति आपूm गम्भीर भएको जनाए । यस्को सत्य ,तथ्य बुझेर आवश्यक कदम अगाडि बढाउने जानकारी दिए ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा जीतपुरसिमरा उपमहानगर क्षेत्रभित्रका दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।
पर्खालले घेरिएको सलहेस बाबाको मन्दिर वीरगंज पथलैया राजमार्गसँग जोडिएको जीतप’र स्थित दलित बस्तीभित्र अवस्थित छ ।

