बारा प्रहरीले २१ लाख बराबरको खुद्रा सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाबाट शुक्रबार खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ स्थित पथलैया चोकमा वीरगंजबाट सर्लाही जादै गरेको ना. ६ ख ६०४६ नं. को ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी २१ लाख ६१ हजार दुई सय ३८ रूपैयाँ बराबरको खुद्रा सामान रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
सामानसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यलाय पथलैयामा बुझाइएको प्रवक्ता न्यौपानेले बताए ।

