बाराको सिमरा स्थित सिमरा सेज शिलान्यास भएको झण्डै ६ वर्षपछि एक उद्योग सञ्चालनमा आएको छ ।
वीरगंज निवासी उद्योगी गुड्डु श्रीवास्तवले लक्ष्मी ग्रेनाइट इन्ड्रस्टिज उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका हुन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका योजना शाखाका इञ्जिनियर अर्जुन पाण्डेले एक कार्यक्रमका बिच उद्योगको उद्घाटन गर्दै लामो समयदेखि सिमरा सेजलाई उद्योग मैत्री वातावरण बनाउने र निर्यातमूलक उद्योगहरुको प्रवर्द्धन गर्ने उद्देश्यले काम भइरहेकोले उद्योग सञ्चालन गर्न सम्भव भएको बताएका छन् ।
उद्योगी श्रीवास्तवले करिव ५ महिनाको अवधिमा करिब १२ करोड लगानीमा उद्योग स्थापना गरेको बताएका छन् । उद्योगमा ३५ जना सम्मलाई रोजगारी दिने उनले बताए ।
५ वटा ब्लकहरु रहेको सिमरा सेजमा हाल ए ब्लकको ३४३ बिगाहा क्षेत्रफल मध्ये १६५ बिगाहा जग्गामा उद्योगका संरचनाहरु निमार्ण भइरहेका छन् ।
सेजले उद्योगका लागि आवश्यक भौतिक संरचनाहरु बैंक, बिमा,विद्युत् खानेपानी,भन्सार,सडक,नाला लगायतका सम्पूर्ण भौतिक संरचनाहरु बनाएर उद्योगीलाई खाली जग्गा भाडामा लगाउने गर्दछ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजमा ६ वर्षपछि उद्योगको उद्घाटन गरिएको छ ।
२०७४ चैत १८ गते तत्कालीन प्रधानमन्त्री ओलीले सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको रूपमा शिलान्यास भएको सिमरा सेजमा ठुलो उताब चढावकावीच शनिबारदेखी पहिलो उद्योगको सञ्चालनमा आएको हो ।
व्यापार घाटा कम गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्र सेजको स्थापना गरिएको छ ।

