जीतपुरमा चलिरहेको गणेश चतुर्थी महोत्सवको भयो विधिवत समापन

रञ्जन यादव
273 पाठक संख्या

बाराको जीतपुरमा छ दिन देखि भईरहेको गणेश चतुर्थी महोत्सवको शुक्रबार विधिवत समापन भएको छ।

गणेश भगवानको मूर्तिलाई बागमती नदीमा बिसर्जन गरेसँगै महोत्सव सम्पन्न भएको हो। श्री सिद्धिविनायक पूजा समिति जीतपुरको आयोजनामा भदौ २२ गतेदेखि शुरु भएको महोत्सव बिहिबार सम्म चलेको हो।

गणेश भगवानलाई चढाईएको दुई सय ६१ किलोको लड्डु फुटाएर जीतपुरदेखि सिमरा,पथलैया,निजगढ र सर्लाहीसम्मका श्रद्धालुहरुलाई प्रसाद स्वरुप वितरण गरिएको समितिका अध्यक्ष श्रीरामसाह कानुले साझेदारी दैनिकलाई जानकारी दिए ।

जीतपुर नगर परिक्रमा गरी धुमधामका साथ पूजा स्थलबाट गणेश भगवानको विसर्जन गरिएको थियो। गणेश भगवान लगायत अन्य भगवानको महोत्सवमा बनाईएको प्रतिमालाई ट्रकमा राखि जीतपुर बजार परिक्रमा गरिएको कोषाध्यक्ष मनोहर सोनीले जानकारी दिए ।

Leave a review