गरिमा हत्या प्रकरण : तीनबुँदे सहमतिपछि पथलैया–वीरगन्ज सडकखण्ड सुचारु

साझेदारी डेलि
41 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि चार दिनदेखि जारी आन्दोलन स्थगित भएको छ।

शनिबार राति गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुटेपछि पीडित पक्षले सडक धर्ना तथा विरोधका कार्यक्रम फिर्ता लिएको हो। आन्दोलन स्थगित भएसँगै चार दिनदेखि अवरुद्ध पथलैया–वीरगन्ज सडकखण्ड सञ्चालनमा आएको छ।

सडक खुलेपछि रोकिएका मालवाहक तथा यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। सहमतिपछि गरिमाको परिवारले धार्मिक परम्पराअनुसार बालिकाको अन्त्येष्टि प्रक्रिया अघि बढाउने भएको छ।

Leave a review