बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बोर्डिङ्ग टोल वस्ने ३१ वर्षीय ममताज खान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन् ।
खान उपर अदालतले नकबजनी चोरी मुद्दामा एक महिना १५ दिन कैद र दुई लाख १६ हजार ७२ रुपैयाँ ५० पैसा दण्ड जरिवाना गरेको थियो ।
उनी आफ्नै गाउ घरमा लुकि बसेको अवस्थामा शनिबार पक्राउ परेको आइतबार जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

