विश्व मुद्रा सप्ताहको अवसरमा कृषि विकास बैंक लि. प्रदेश कार्यालय वीरगञ्जद्वारा वित्तीय साक्षरता

राम मण्डल
राम मण्डल 189 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

मुद्राको सुरक्षा सुरक्षित भविष्य ( प्रोटेक्ट योर मनी, सेक्युर योर प्mयुचर ) भन्ने नाराका साथ विश्व मुद्रा सप्ताह वीरगञ्जमा मनाइएको छ ।

विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्च सम्म मनाउदै गरिएको विश्व मुद्रा सप्ताह  नेपालमा समेत विभिन्न संघ संस्थाहरुले देश भर नै विभिन्न कार्यक्रमहरु गरी मनाउने क्रम जारी रहेको छ ।

सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले यो सप्ताह मनाउने गरिन्छ ।

यस अवसरमा कृषि विकास बैंक लि. प्रदेश कार्यालय बीरगञ्जले २०८० चैत्र ८ गते विहिबार बीरगञ्जस्थित बीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

बैंकको उच्च व्यवस्थापनबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितिमा सो कार्यक्रम भएको हो । कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक रामप्रसाद गजुरेलको थियो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा. विनय श्रेष्ठ, कृषि विकास बैंक लि. शाखा कार्यालय बीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठ लगायतकाको सो कार्यक्रममा विशेष उपस्थिति थियो । उक्त कलेजमा अध्ययनरत स्नातक एवम् स्नाकोत्तर तहका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कृषि विकास बैंक लि. प्रदेश कार्यालय वीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठले कार्यक्रमको सञ्चालन गरे । कृषि विकास बैंक लि. शाखा कार्यालय वीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटीले सो अवसरमा स्वागत गरेका थिए । हालसम्म आइपुग्दा विश्वका १७६ भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रमहरु गरि मनाउने गरिएको उनले जनाए ।

उनले कार्यक्रमको महत्वको विषयमा चर्चा गरे । कार्यक्रमको मुख्य श्रोतब्यक्तिको रुपमा रहेका उप–महाप्रबन्धक डा.बाबूकाजी थापाले सप्ताहको अवधारणा, महत्व एवं कृषि विकास बैंकले वित्तीय साक्षरता अभिबृद्धिको लागी गरिरहेको कार्यक्रमहरुको बारेमा जानकारी दिएका थिए ।

उनले बैंकका सेवाहरु बारे समेत संक्षेपमा जानकारी गराए । सो अवसरमा विभिन्न श्रब्य दृष्यहरुको माध्यमबाट सहभागी विद्यार्थीहरु समक्ष उद्देश्य प्रष्ट पारिनुको साथै विद्यार्थीहरुसंग अन्र्तक्रिया गरिएको थियो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. शाक्यले बैंकिङ्ग सेवाहरुमा आएको आधुनिकताले बैंकिङ्ग सरल र सहज हुदै गएको उल्लेख गरे । उनले बैंकबाट लिएको कर्जाको पूर्ण सदुपयोग तथा वित्तीय अनुशासनको पूर्ण पालना गर्नु पर्ने धारण राखे ।

कृषि विकास बैंक लि. प्रदेश कार्यालय बीरगञ्जका निर्देशक रामप्रसाद गजुरेलले बैंकको तर्फबाट नियमित रुपमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए । उनले यूवाहरुमा यस्तो कार्यक्रमको प्रभावकारिता र आवश्यकता अझ बढी रहेको धारणा ब्यक्त गरे ।

बैंकको तर्फबाट उप–महाप्रबन्धक डा. थापाले बीरगञ्ज पब्लिक कलेजका संस्थापक डा.  शाक्यलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गरे ।

विश्वका १७६ भन्दा बढी देशहरुमा मनाइने विश्व मुद्रा सप्ताह २०२४ को अवसरमा नेपाल विभिन्न संघ संस्थाहरुले संचालन गरिरहेको वित्तीय साक्षरता एवं वित्तीय सचेतना जगाउने कार्यक्रमहरु हुनुलाई उत्साहपूर्वक रुपमा हेर्न सकिन्छ ।संघ संस्थाहरुले यस्तो कार्यक्रम छुट्टा–छुट्टै संचालन गर्नु भन्दा एकजुट भई प्रभावकारी रुपमा गर्न सके यसको प्रभावकारिता अझ बृद्धि हुने देखिन्छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review