बारा प्रहरीले करोडौंको सामान अनुसन्धान कार्यालय पथलैया बारामा बुझायो

साझेदारी दैनिक
302 पाठक संख्या

कलैया : बारा प्रहरी तथा यस मातहतको प्रहरी एकाईबाट बरामद गरिएको करोडौं रुपैयाँ बराबरको सामान राजश्व अनुसन्धान कार्यालय बाराले बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो। बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको एक करोड ५१ लाख छ हजार नौ सय ४९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको हो।

ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराले सोमबार बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकबाट सामान बरामद गरेको हो। वीरगंजबाट हेटौडा तर्फ जादै गरेको मे १ ख ३२८८ नम्बरको बसमा लोड गरेको चिनी १४० किलो,मटर ५० किलो र प्याज ३५ किलो अं.मुल्य रू.२२ हजार ५ सय बराबरको बिल भरपाई नभएको सामान बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय बारागढीले बारा बारागढी गा.पा. वडा नं.६ सिहासनी चोक स्थितमा भन्सार छली गरी ल्याउदै गरेको चिनी ६ बोरा, अचार ४ कार्टुन गरी अं.मुल्य रू.२५ हजार बराबरको बिल भरपाई नभएको सामान बरामद गरेको हो।

प्रहरी चौकी बरियारपुर बाराले बारा महागढीमाई न.पा.वडा नं.२ मैनी चोक स्थितमा भन्सार छली गरी बिआर ०५ एसि २५८३ नम्बरको मो.सा.मा लोड गरी ल्याउदै गरेको मिठा ८ बोरा अं.मुल्य रू.३६ हजार बराबरको बिल भरपाई नभएको सामान प्रहरीले बरामद गरेको हो।

प्रहरी चौकी पथलैया बाराले प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ७९२८ नं. को डब्बा ट्रकमा लोड गरेको अं.मुल्य रू. ६१ लाख तीन हजार चार सय ५० रुपैयाँ बराबरको बिभिन्न खुद्रा समानहरू आवश्यक कागजपत्र नभएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३ ख ७२४४ नं.को ट्रकमा लोड गरेको अं.मुल्य रू. ४१ लाख ८५ हजार पाँच सय १४ रूपैयाँ बराबरको ग्यास कटर,फलयान्ग,स्प्रेयर्स फर ६० कम काष्ट फर्म आइरन बैटरी भल्भ लगाएतको बिभिन्न खुद्रा समानहरू बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको बरामद गरेको छ।

बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंजबाट सुर्खेत तर्फ जादै गरेको ना ६ ख ७२२४ नं.को यात्रु बाहक बसमा लोड गरेको अं.मुल्य रू. एक लाख चौवालिस हजार चार सय पचासी रूपैया बराबरको खुर्सानी–१९ बोरा,मरिच पाउडर–३ कार्टुन,मिट मसाला–२ कार्टुन,काजु प्याकेट–३ कार्टुन समान बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको बरामद गरेको छ।

यी सामानहरु प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a review