कुलोको पैनीमा माछा मार्ने बिषयलाई लिएर दुई गाउँ बिच झडप भएको छ । झपडमा आर्दश कोतवाल गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सहित ८ जना घाईते भएका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।
सुभाष महतो कोईरी, सियारम महतो, रंजित मुखिया र वडाअध्यक्ष मधुसुधन पक्ष बिच भएको झगडा पछि गाउँले झगडामा परिणत भएको थियो । झडपमा परी आर्दश कोतवाल गाउँपालिका वडा नम्बर ६ कै २५ बर्षिय हरिचन्द्र कुशवाहा, ३० बर्षिय प्रमोद जयसवाल, ३५ बर्षिय देवशंकर साह कानु, ५५ बर्षिय श्रीचन्द्र साह कलवार, ३० बर्षिय नाथु साह कलवार, ३२ बर्षिय बिक्रम साह कलवार र ५५ बर्षिय राजेन्द्र कलवार घाईते भएको हो ।
श्रीचन्द्र,नाथु,बिक्रमलाई पटेर्वाको स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने अन्यको टाउकोमा चोट लागेको हो भने उनीहरुको उपचार कलैया र वीरगंजमा भईरहेको प्रहरीले जानएको छ । स्थितलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटी गएको टोलीले १३ राउन्ड हवाई फायर र ६ राउण्ड आस्रु ग्यास प्रहार गरेको प्रहरी प्रवतmा मिश्रले भन्न्ुभयो ।
भगवानपुरका पनि ६ जना घाईते भएको स्थानियहरुले दावी गरेपनि नाम भने खुल्न नसकेको प्रहरीको भनाई रहेको छ । स्थित अहिले समान्य रहेको तथा घटनाबारे थप अनुसंनधान भईरहेको प्रवतmा मिश्रले जानकारी दिनुभयो ।